ओलीको स्वास्थ्य अवस्था गम्भिर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

तुलसीपुर २९ माघ । प्रदेश सांसद उत्तरकुमार ओलीको स्वास्थ्य अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सांसद ओली, अहिले सम्म होसमा आउन नसकेको उपचारमा संलग्न डा.गोपाल रमण शर्माले. जानकारी दिए । ६ दिन अघि माघ २४ गते सवारी दुर्घटनामापरि गम्भिर घाइते भएका ओलीको काठमाण्डौको मेडीसीटी अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई अहिले पनि भेन्टीलेटरमा राखेर उपचार गरिरहेको स्वकीय सचिव एमएन शाहले जानकारी दिए ।


‘मान्य ज्यु अहिलेसम्म होसमा आउनु सक्नुभएको छैन,’ स्वकीय सचिव शाहले भने,– कसैको १०/१५ दिनपछि पनि होस आउछ भनेर डक्टरले सुनाउनछन ।

हात, खुट्टा, मुटु ठिकै छ तर ब्रेनमा सुधार आएन ।’ लामो समय सम्म पनि ओलीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएपछि नेता, कार्यकर्ता, शुभेच्छुकहरु चिन्तीत बनेका छन् । tulsipurkhabar बाट साभार

प्रतिक्रिया दिनुहोस