हेलो ! “दुई बर्ष भयो चाँडो आउँनुन पर्खाइमा छौँ ”

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १० मिनेट

पंखबहादुर शाही ,दैलेख। बझाङ जिल्लाका सैपाल हिमालसंगै सिरसिर चिसो हावाले शरिर भित्रका केही अंग थुरथुर कामीरहेको वेला हावाको गतिसंगै आउने हुस्सुले बिजारेलाई टम्म ढाक्यो । क्षणभरमै कता विलायो कता । अनि क्षण भरमै घामको रातो किरणले शरिर तातिए पनि बझाङमा देखिएका ती हिमालका हिउँले आखाँमा नजिकैबाट चिसोको लागेको भान हुन्थ्यो । हुस्सु र घामको रापले भने चौरसँग हुस्सु र सुर्यको किरणले लुकामारी गरेको हेर्न साह्रै मजा लाग्यो ।

“ गुन्यू चोलोमा सजिएकी हातभरि चुरा, कान र घाँटीमा सुनका गहनाले भरि भराउ युवती वनतिर र घर

फर्किन लस्करले विहानपख र वेलुकापख चौरलाई रमाइलो बनाउँदो रहेछ ”

गुन्यू चोलोमा सजिएकी हातभरि चुरा, कान र घाँटीमा सुनका गहनाले भरि भराउ युवती डोको बोकी वनतिर जाँदै । तस्बिर: पंखबहादुर शाही

विहेवारी नभएपनि त्यसभेगका युवतीहरुले गहना र चुरा लगाउने चलन पुरानो हो । विवाह भए नभएको सिउँदोको सिन्दुरबाट र सोधेरमात्र चिनिन्छ त्यस भेगका युवती । चौरमा गाई चराउने गोठालाहरु कोही दण्डी वियो खेलेर रमाईरहेका हुन्छन् भने कोही कर्पेदी खेलेर चौरमा युवायुवतीले रमाईरहेका देखिन्छ । कतिपयले युवतीले त मनका वेदना देउडागितबाट चौरमै पोख्ने गर्छन् । आफ्नो बालपनलाई पाटनमै बिताएकी कैयौ चेली माइत फर्किदा बिजारेमा नबसी माइतै आउँदिनन् अरे ।

ठाँटीकाँध गाउँपालिक  तस्बिर: पंखबहादुर शाही

कर्णाली राजमार्गबाट दायाँ रामघाट सिगासैन सडक खण्डको १९ किलोमिटरमा पर्यटकिय स्थल बिजारे चौर पर्दछ । नजिकै रहेको ठुलीछहरीबाट २० मिनेटको उकालो हिडेपछि चौर भेटिन्छ । समुन्द्रसतहीबाट २ हजार ३ सय अग्लो पहाडको थुम्कोमा रहेको चौर बिजारेमा बर्षेनी दुई पटक मेला लाग्दछ । त्यो भेगमा प्रायः मगरबस्ती छ । बैशाख र जेठको महिना काफल,ऐेसेलु र चुत्रा टिप्न जानेको पाटनमा ओइरो लाग्दो रहेछ । छिमेकी आठबीस र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका गाउँगाउँबाट काफल ऐसेलु र चुत्रा खानजानेहरु बास भने चौरमै बस्छन् । दुईदिनपछि घर फर्किन्छन् । माथितिर अग्ला पहाड तलतिर सम्म चौर देख्दा त्यो बाटो भएर हिड्ने सयौं बटुवा चर्चापरिचर्चा गरिरहेका भेटिन्छन् । वसन्त ऋतुसँग चराचुरुङ्घीको आवाज र चौरवरिपरि पलाएको पालुवा मनमोह बनाउँदा बिजारे चौर झनै रमणिय देखिन्छ भने झनै कोइली र न्याउलाको मिठो स्वरले चौरमा बसेका युवायुवती र आन्तरिक पर्यटकलाई बसी रहउ जस्तो लाग्छ । चाडपर्व नजिकै जाँदा बिजारे चौरमा रहेका तीन चारवटा घरमा स्थानीय अन्नबालीबाट बनाएको रक्सी समेत पाइने भएकोले सधै जिल्ला बाहिर र विदेश वस्नेहरु केही दिनको लागि वनभोज खान बिजारे चौर जाने गरेको साविकको तोलीजैसी गाविसका अमर बहादुर शाहीले बताउनुभयो । पश्चिम दैलेखका अधिकाँश विद्यालयहरुले शैक्षिक भ्रमणकोे प्रमुख रोजाई चौर रहने गरेको ठाटीकाँध ६ की निर्मला शाहीले बताईन् ।

साविकका लकान्द्र ,तोलिजैसी ,विशाला गाविस मिलेर बनेको ठाँटीकाँध गाउँपालिका ऐतिहासीक र पुरातात्विक सम्पादले जिल्लाको तेस्रो स्थानीय तहमा पर्दछ ।सम्पदाले भरिपुर्ण दुल्लु नगर पहिलो , नारायण नगरपालिका दोस्रो र ठाँटीकाँध तेस्रोमा रहेको छ । ठाँटीकाँध गाउँपालिकाको कार्यालय देखि उत्तरतिर हिँडेपछि करिब ३ घण्टामा बिजारे पुगिन्छ ।

बिजारे नजिकै महत्वपुर्ण मानिने धौलापडा गुफा र ठुली छहरी भएकोले पर्यटकको लागि बिजारे चौरलाई पश्चिम दैलेखको महत्वपुर्ण स्थानको रुपमा लिन सकिन्छ । पर्यटकीय स्थलको केन्द्रविन्दुमा रहेको बिजारे चौर एयरपोर्टको र प्याराग्लाइडिङको लागि उपयुक्त रहेको छ ।
बिजारे लगाएतका पर्यटकीय क्षेत्र प्रसार— प्रचारबाट भने अझैँ टाडा रहेका छन् । २०७०मा पश्चिम दैलेखका पत्रकार भक्तबहादुर शाही लगाएतले चारजना स्वीजरल्याण्डका विदेशी पर्यटकलाई खच्चरको सहायताले ठाँटीकाँध गाउँपालिकाका सबै पर्यटकीय क्षेत्रको अवलोकन गरि रिर्पोट बनाएको र तेतिवेला गाविसहरुले पर्यटकीय क्षेत्र सम्बन्धी चासो नलिएको पत्रकार शाहीले गुनासो पोखे ।

आर्थिक वर्ष २०७०।७१ मा भने पर्यटन मन्त्रालयको ७ लाख लगानीमा चौरसम्म जाने बाटोको ट्रायाक खोलियो तर आर्थिक वर्ष २०७१।०७२ मा मर्मतको लागि बजेट विनियोजन नगरिएको त्यहाँका बुद्धिजिवी प्रेमबहादुर रामजाली बताउँछन् । ‘हामीले पटक–पटक बजेट विनियोजनका लागि नेपालगञ्ज धायौं, कर्मचारीले हुन्छ भने तर बजेट विनियोजन भएन्,’ रामजालीले भने । सो वडामा धेरैजसो मगर बस्ति रहेकोले होमस्टे सञ्चालनका उपयुक्त मानिन्छ । बस्ती नजिकै तामाखानी छ । तत्कालिन समयमा बुढापाकाहरुले खानीबाट निकालेर बनाएको तामाका भाँडाकुडा स्थानीयले प्रयोग गर्दै आएका छन् । पहिरोले तामाखानी पुरिएकाले अहिलेसम्म उत्खननको पहल समेत थाल्न नसकिएको स्थानीयबासी बताउँछन् ।

पर्यटकीय क्षेत्रको प्रचार—प्रसार र प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले २०६६ साल देखि बर्षैनि दैलेख महोत्सव गरिएपनि पश्चिमका पर्यटकीय स्थलहरु भने प्रचार – प्रसारबाट टाढा रहेका छन्। महोत्सवमा दैलेख जिल्लाका पर्यटकीय स्थलमा रहेका पंचदेवल, वेलासपुर मन्दिर, पञ्चकोशी तिर्थस्थल, दुल्लुको नेपाली भाषाको पहिलो शिलालेख, पाथरनाउली पौवा लगाएतका क्षेत्रलाई चिनाए पनि पश्चिम दैलेखको ठाँटीकाँध गाउँपालिकमा रहेका पर्यटकीय स्थल गुमनाम नै रहे । बिजारे, तामाखानी, ठाँटीकाँध गाउँपालिकाका विभिन्न वडामा रहेका पर्यटकीय क्षेत्रको विकास, प्रसार–प्रचार र प्रर्वद्धनमा वडा तहको एक्लो प्रयासले भने सम्भव छैन् ।
सदरमुकाममा बर्षेनी मेला लगाउँदा जिल्लाका ११वटै स्थानीय तहमा भएका पर्यटकीय क्षेत्रलाई समेटेर भनि मेला लगाउँने भनिएपनि सदरमुकाम देखि जिल्लाका प्रतिस्ठ्ति व्यक्तिहरु समेत अहिलसम्म पश्च्मिमा नगएको स्थानीय डम्बर रामजाली बताउँछन् ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा प्रवेश भईसकेपछि आशा बोकेका यहाँका स्थानीयले भने, गाउँमा सिंह दरबारको नाममा सिंह मात्र आएको अनुभुति पाएका छन् । स्थानीय निर्वाचनका बेला विभिन्न राजनीतिक दलका प्रमुखहरुले मददाता आफ्नो पक्षमा तान्न निकै होडबाजी चल्यो । विभिन्न ठाउँमा अवस्थित ठाउँहरुको विकास र परिर्वतन लगाएतका आश्वासन दिए । निर्वाचन भएर दुई बर्ष वित्न लाग्दासम्म पश्चिमका दुर्गम स्थानी तहले भने अझैँ पर्यटकीय क्षेत्रको बारे कुनै खाका कोर्ने सकिरहेको छैनन् ।

२०७० मा पत्रकार भक्तबहादुर शाही लगाएतको टोलीले विदेशी पर्यटकलाई खच्चरको सहायताले बिजारेको अवलोकन सँगै त्यी विदेशी पर्यटकले भिडीयो समेत तयाए पारेका थिए ।

गत आर्थिक बर्ष ०७४।७५ मा पर्यटन प्रर्वद्धनका लागि छुट्याएको बजेटले ‘मन्दिर पनि पर्यटकीय स्थल हो,’भन्ने उदे्श्यले वडा ६ मा मन्दिर निर्माण गरिएको वडाअध्यक्ष मनबहादुर सिजापति बताउँछन् ।

गाउँपालिकामा समृद्धिका आधार पर्यटकीय स्थल भनिएपनि पर्यटनका लागि बजेट विनियोजन नगरिनु, बजेट विनियोजनको रकम मन्दिर निर्माणमा खर्च गरिनु विडम्बना जस्तै भएको ठाटिकाँध गाउँपालिका स्थायीबासी महेन्द्र बहादुर रावतले बताउँछन् । ठाटिकाँध गाउँपालिका विजारे चौर, ठुली छहरी, मालिका मन्दिर, भिमपाइला जहाँ आधा दर्जन भन्दा बढी भिमका पाईला रहको छन्, मदानताल, नाके गुफा लगायतका पर्यटकीय स्थलहरु अहिले संरक्षणको पर्खाइ सँगै ओझेलमा छन ।

विगतको समयमा गाँउ परिषदमा प्रचार प्रसारको लागि पर्यटकीय स्थल सम्म रकम विनियोजन गर्न माग गर्दा पनि सुनुवाइ भएन साविक लकान्द्र गाविसका मनबहादुर लामीछानेले जानकारी दिनुभयो । जिल्लामा गठित जिल्ला पर्यटकिय समिति भने चौरबारे वेखवर भयो । जिल्लामा पर्यटन प्रवद्र्धनको लागि पाँच बर्षिय पर्यटन गुरुयोजना बनाएपनि बिजारे चौरलाई समेट्न सकेको छैन् ।

पहिलो पल्ट गाउँमा विदेशी प्रयटक आउँदा स्वागतको लागि जम्मा भएका स्थानीयहरु

जिल्लामा पर्यटन प्रवद्र्धनको लागि पञ्चबर्षिय पर्यटन गुरुयोजना बनाएपनि बिजारे चौरलाई समेटिएको देखिदैन् । गाउँमा गठित युवाक्लबले पर्यटकीय स्थलको प्रसार –प्रचारकोे लागी २०७० मा चौरमै जिल्ला स्तरिय क्रिकेट खेलुकुद आयोजना गरेको थियो ।साविकको तोलीजैशी गाविसमा गठित लेकवेशी एकता क्लबले जिल्ला स्तरीय क्रिकेटको आयोजना गरि प्रचार प्रसार सघाऊ पु¥याएको थियो । पर्यटकीय स्थानमा धेरै जसो खेलाडीले चौरको रौनकतामा रमाएका थिए भने कतिले चौरको प्रशंसा गरेको क्लवका अध्यक्ष भक्तबहादुर रोकायले बताउँछन। कतिपय खेलाडीले भने दैलेख जिल्लाले पर्यटकिय स्थानबारे नबुझेर जिल्ला पछाडी परेको लख समेत काटेको उहाँले जानकारी दिए । चौरको शिरमा अग्लो डाडाँ बिच गाईगोरु बाँध्ने गोठ र विचमै एउटा पोखरीले चौरको सौन्र्दयतालाई झल्काएको छ । ताल(खाल) नजिकै गएर तालमा हेर्दा उत्तरका तीनचुले हिमालमा परेका हिउँको थुप्रोलाई देखेर मनमोहक हुन्छन् । कतिपय गाई गोठालाहरु भने तालमै हेरेर विभिन्न खाले टिकाटिप्पणी समेत गर्दछन् । भने कतिपयले तालमै हेरेर तालबाट हिमाल कहाँ छ भनेर बाजी थाप्ने समेत गरेको स्थानीयबासी तारा शाही बताउँछन् ।

चौरको उत्तर पट्टि रहेको पोखरी यो पोखरीमा हेरी यहाँ चौरमा गाईगोरु चराउँने केटाकेटी माथिका हिमालका दृर्से को देख्छ भनि बाजी समेत राख्दछन् । तस्बिर: पंखबहादुर शाही

चौरबाट अन्य पर्यटकिय स्थल पनि नजिकै रहेका छन् । दैलेखमा रहेका दुईवटा झरना मध्ये द्धारी झरना क्षेत्र १ सदरमुकामबाट ७ कोष टाढा छ भने ठुली छहरी झरना जिल्ला सदरमुकामबाट १७ कोष चौरबाट १ किलोमिटर मुनि खोचमा रहेको छ । झरना नजिकै धौलापडा गुफा पनि रहेको छ । दैलेख जिल्लामा रहेका चारवटा तालहरुमध्यको क्षेत्र –२ मा रहेको मदानतालमा पैदल यात्रा गरि सो चौरबाट ३ घण्टा समय लाग्छ भने नागे गुफा,वेहुली लेक,तिनचुले जस्ता सेता हिमालहरुले चौरलाई नै हेरिरहेको जस्तो लाग्छ ।

यसै भुभाग र यहाँका पर्यटकीय सम्पदाको प्रसार—प्रचार गर्ने उद्ेश्यले ठाँटीकाँध गाउँपालिका वडा नं. ६ मा जन्मिएका लोग तथा दोहोरी गायक धिरेन्द्र शाहीले“ तिञ्चुलीका अग्ला शिर ”बोलको देउडा गीती एल्वम बजारका ल्याए । उक्त गीत विभिन्न रेडियो , गाडीहरुमा घन्किन थालेपछि यो ठाउँको झन मनोरम्तामा सहयोग पुर्याएको गायक धिरेन्द्र बताउँछन् ।

बिजारेकौ बिचैमा पश्चिम दिशातिर तिर पारेको ढुङ्गा छ । ढुङ्गाको आफ्नै महत्व छ । यो ढुङ्गालाई हरेक बर्ष अछाम जिल्लाका मान्छेहरु पुजा आजा गर्न आउँदछन् बुढापाखाका अनुसार यो ढुङ्गालाई पुजाआजा गरेन भने उनीहरुलाई पिँड्ने हुँने हुँदा पुजाआजा गर्छन् ।बिजारे नजिकै महत्वपुर्ण मानिने धौलापडा गुफा र ठुली छहरी झरना र भिम पाईला जहाँ आधा दर्जन भन्दा बढी भिमका गुफा भएकोले पर्यटकको लागि बिजारे चौरलाई पश्चिम दैलेखको महत्वपुर्ण स्थानको रुपमा लिने सकिन्छ ।

बिचमा रहेको चारपाखे घर । यस्तो परम्परागत शैलीमा निर्माण भएका, खरले छोएका घरहरु अहिले आधुनिक्ता सँगै लोप हुँने अवस्थामा छन् ।

यता गाउँपालिकाले पर्यटकीय स्थल भिमपाईला देखि धमकोटसम्म ८० लाख बजेट विनियोजन गरेको गाउँपालिका निमित्त प्रशासकीय अधिकृत दिपेन्द्र शाही बताउँछन् । बिजारेलाई सडकले छोएपनि त्यहाँको लागि भनेर कुनै बजेट छुट्याईएको छैन् । आर्थिक वर्ष ०७४र०७५ मा ५५ लाख बजेट सोही सडकमा थियो । तर काम पुरा नहुँदा काम अनुसारको बजेट भुक्तानी हुन नसकेको उपभोक्ता समिति अध्यक्ष तथा बुद्धिजिवी प्रेम रामजालीले बताउँछन् ।

 

यही ठाउँमा जन्मिएका कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही, पुर्व जलश्रोत राज्यमन्त्री विनोद कुमार शाह, पुर्व सांसद रंगबहादुर शाही, ठाटिकाँध गाउँपालिका स्थानीय बासिन्दा हुन् । तर अहिले सम्म कसैको पनि त्यहाँ ध्यान जान नसकेको स्थानीयको भनाई छ ।

जल, जमीन, जङ्गल, जडीबुटी, जङ्गली जनावर एवं उर्वरभूमि रहेको यो गाउँपालिका पूर्व पश्चिम उत्तर दक्षिण गोलाकार भू–धरातल भएको र अनेकतामा एकता रहेको भए पनि आन्तरिक आम्दानी कम भएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाही बताउँछन् ।पर्यटनको गुरुयोजना बनाईनेमा उनले तर्क छ ।

सँरक्षणको पर्खाइमा रहेको उत्त पोखरीमा गर्मी समयमा भैँसी बस्ने गर्दछन् । तस्बिर: पंखबहादुर शाही

बिजारे देखि बझाङ जिल्लामा रहेका सैपाल हिमालको दृश्य देख्न पाइन्छ । वडा नं. २मा रहेको उक्त चौर ले माथिबाट बोलाईरहेको छ । तर ,आफुहरु जान सक्ने अवस्था शिर्जना नभएको वडा अध्यक्ष रुपलाल विक बताउँछन् । पुर्वि भेगमा वडा नं. १,२,३,४,र पश्चिम भेगमा वडा नं.५र६ रहेको र माथि थुम्कोममा बिजारेले बोलाईरहेको छ ।हामी वडाको समग्र स्रोतले यी सम्पदाको सँरक्षण , सर्वद्धन गर्न सकिने अवस्था छैन् । यस्को लागि गाउँपालिका , प्रदेश सरकार ,र संघीय सरकारसँग सहयोगको अपेक्षा गर्ने वडा नं.५का वडा अध्यक्ष पंखबहादुर शाही बताउँछन् ।

“गाउँमा सिंहदरबार ”आएको दुई बर्षभो चाँडो माथि आउँ भनेर हाम्रा सम्पदाले बोलाईरहेका छन् । उत्तरको तिनचुलेमा वेलावेलामा हिउँ टल्किएर झस्काईरहेको हुँन्छ । मदानतालले सँरक्षण मागिरहको छ । यी पर्यटकीय स्थलहको संरक्षण प्रर्वद्धन गर्न सके यहाँको आर्थिक बृद्धिमा सहयोग पुग्ने वडा नं. १का वडा अध्यक्ष नर्तमबहादुर बुढा बताउँछन् ”।

बिजारेदेखि करिब ३ घण्टाको दुरीमा रहेको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ३ स्थित जलगुफा,भक्फेको मुल र सँगै रहेको भम्फेको गुफा पनि रहेको छ । पहिले भुतदूलो रुपमा चिनिने गुफामा चार वर्ष अघि दुम्सी मार्ने क्रममा भेटिएको थियो । करिव २५ मिटर लामो गुफाको प्रवेश द्धार अत्यन्तै साँगुरो भएकाले हेर्न जाने दर्शकलाई अप्ठयारो भएको पर्यटन मन्त्रालयको पार्ट टु कार्यक्रमबाट गुफाको संरक्षण गर्दा आवतजावतमा सजिलो भएको गुफा संरक्षणका अध्यक्ष रामबहादुर शाहीले बताए । उनले भने, प्रवेशद्धार सकिएपछि आराम गर्ने प्राकृतिक निर्मित ढुंगाका समथर भागहरु छन् भने त्यसको छेउछाउमा विभिन्न खाले भगवान,राम हात्ती शिव पार्वती जंगली जनावर लगायतका विभिन्न खालका मुर्तिहरु छन् । गुफा एकछेउबाट पानी बाहिर निस्कको भित्र देखेपनि तर बाहिर भने आएको देखिदैन् । केही समय अगाडी देखिएका केही मुर्ति भने हाल चोरी भइसकेका छन् ।

चालु आर्थिक बर्षमा जिल्लाको पुर्विमा पर्ने सदरमुकाम दैलेख बजार र कर्णाली राजमार्गको रारा ,मुगु सडकखण्डमा प्रदेश स्तरिय मेला फाल्गुन महिनामा सञ्चालन हुने छ । ठाँटीकाँध गाउँपालिकामा केहि बर्ष पहिले गठित सरमाथा सास्कृतिक परिवारले ३दिने मेला लगाएपनि रमाईलोको लागि मात्र सिमित भएको थियो । सानो लगानीमा स्थानीय युवाहरुले मेलाको आयोजना गर्यौँ ,‘कुनै पर्यटकीय क्षेत्रमा तेति चाप भएन महोत्सव समारोह समिति अध्यक्ष जयबहादुर थापाले बताए ।

यहाँका पर्यटकीय क्षेत्रकोे लागि गाउँपालिकाले खाका तयार पारि प्रचार—प्रसार गर्न सके यहाँ सयौँ          पर्यटक भित्राउँन सकिने छ । यहाँका लेकालि भेगमा पाईने अल्लो, फापर , सिस्नो मध्य भुभागमा  पाईने ,धान ,गहुँ ,कोदो लगाएतका अन्नबालीबाट बन्ने खानाका परिकारलाई गाउँकै परिवेशमा खानाका परिकार बनाए पर्यटकलाई आकर्षण गराउँन सकियो भने गाउँपालिकाले आर्थिक बृद्धीदरमा पाईला चाल्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस