महानगरपालिकाले दियो नगरपालिकालाई १ करोडको चेक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्राउने तयारीसहित संघीय सरकार लागि रहेका बेला नेपालको सबै भन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाले पनि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आफ्ना योजनाहरु अघि बढाएको छ । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटकको पहिलो गन्तव्य नै काठमाडौँ हुने भन्दै काठमाडौँको समग्र पर्यटन प्रवद्र्धनमा महानगरपालिकाले जोड दिएको हो । पर्यटन प्रर्वद्धनसँगै छिमेकी १० नगरपालिकालाई पार्क निर्माण तथा हरियाली प्रबर्धन र सार्वजनिक जग्गा संरक्षणका लागि खर्च गर्ने गरी काठमाडौँ महानगरपालिकाले एक–एक करोड उपलब्ध गराएको हो । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी काठमाडौँका ९ ओटा नगरपालिककालाई काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले एक–एक करोडको चेक हस्तान्तरण गर्दै आन्तरिक र धार्मिक पर्यटककलाई समेत आकर्षित गर्ने गरी काठमाडौँको पर्यटन विकासका लागि नगर–नगरबीच साझेदारी आवश्यक भएको बताउनुभयो । महानगरपालिकाले टोखा नगरपालिकालाई यस अघि नै एक करोड हस्तान्तरण गरिसकेको छ ।

आइतबार कीर्तिपुर नगरपालिका,कागेश्वरी–मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, बूढानिलकण्ठ नगरपालिका, शंखरापुर नगरपालिकालाई काठमाडौँका मेयर शाक्यले एक–एक करोडको चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस