घुस रकम सहित नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

नेपाल विद्युत प्राधिकरण, पुरानोबानेश्वर वितरण केन्द्र, नयाँ ग्राहक शाखामा कार्यरत सुपरभाइजर (नायव सुब्बा) महेन्द्र प्रधानले मिटरको क्षमता वृद्धि गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा महेन्द्र प्रधानलाई सेवाग्राहीसँग रू १५,०००।– (पन्ध्र हजारं) घुसबापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
अख्तियार अनुसन्धान आयोगका सह सचिव एवं प्रवक्ता रामेश्वर दंगाल द्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस