जति गरियो गल्ती सबै जानी जानी गरियो
पैसा कमाउन मेन पावरमा लगानी गरियो
हर्के दाइ ले भन्थे यतै ब्याबसायी गरौ भाइ
चित्त बुझेन यार पहिले आनाकानी गरियो।
आडम्बरी सपना बोकि पर्देश छिरेपछि म
पसिना संग पैसा साटि स्वास्थ्यमा हानी गरियो
जब बालुवा माथि तातो घामले पोल्न थाल्यो
आफुले आफैलाई धिकार्दै आत्म ग्लानी गरियो ।
खुसी ल्याउने आश देखाई बुढा बा आमालाई
यस्तो लाग्छ आश देखाई ठुलो बैमानी गरियो
जति गरियो गल्ती सबै जानी जानी गरियो
पैसा कमाउन मेन पावरमा लगानी गरियो ।
फागेन्द्र मगर
लुङ्री गा. पा.५ रोल्पा
प्रतिक्रिया दिनुहोस