उपप्रधानमन्त्री पोखरेल भने यही सरकारले नै वृद्धभत्ता ५ हजार पुर्‍याउँछ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

२७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेकै सरकारले वृद्धभत्ता मासिक ५ हजार पुर्‍याउने बताएका छन् ।
आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता यसैसरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताए ।

‘हामीले जे कबुल गरेका थियौं, त्यो कबुल गरेअनुसार हामी प्रत्येक महिना जेष्ठ नागरिकलाई यो कार्यकालमा ५ हजार पुर्‍याउछौं, यसबाट अलिकति पनि तलमाथि हुन सक्दैनौं’ उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले वृद्धहरुका लागि १ लाख रुपैयाँको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अब मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस