व्याट्री पड्किँदा दुवै आँखा गुमे

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

हुम्ला माघ २७ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ ।

जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताए ।

सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री सुकाउन जाँदा पड्केर दुवै आँखा बन्द भएको उनले बताए । अहिले पीडित शाहीलाई स्थानीय सर्केगाड स्वास्थ्यचौकीमा उपचार गर्न खोज्दा सम्भव भएको छैन ।

प्रतिक्रिया दिनुहोस