सिन्धुलीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट


२४ माघ, काठमाडौं । सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाइते र ३ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस