सोमपालले लिए विकेट, नेपाललाई पहिलो सफलता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

२० माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईको पहिलो विकेट झरेको छ ।

यूएईका अस्फाक अहमद आठ रनमा आउट भए । सोमपालले विकेट लिएका हुन् । यसअघि पहिलो ओभर बलिङ गरेका सन्दीप महंगो सावित भए । उनले एकै ओभरमा २० रन खर्चिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस