गुणस्तरीय शिक्षाको अभाव

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट

भरत नेपाली, रोल्पा

शिक्षा मानव विकासको इञ्जिन हो । शिक्षामा लगानी बढाउनु भनेको दक्ष जनशक्ति उत्पादन गर्ने दिशामा देश अगाडि बढ्र्र्नु हो । शिक्ष ऐन २०२८ को नर्बै संशोधन भयो तब यसको पक्ष र विपक्षमा ठूल—ठूला आवाज सहित विरोध र सर्मथनका विषयमा विभिन्न टिप्पनी भए । यहि सन्र्दभमा एउटा विषयले घोचिरहयो । त्यो हो गुणस्तरीय शिक्षाको बाधक को ? भन्ने प्रश्नले मन मस्तिष्क भरी चिथोरि रहयो । सरकारी प्रशासक एवं अधिकारीहरु तल्ला तहका कर्मचारी र शिक्षकहरु बधक भएको तर्क व्यक्त गरे भने शिक्षाविद तथा वौद्घीक वर्गहरुले अस्थाइ शिक्षकहरुलाई बाधक देखे यहि सन्र्दभमा केहि विषयहरु सतहमा आएको पाइन्छ ।
सर्वप्रथम त गुणस्त के हो ? शिक्षामा गुणस्तर के हो? भन्ने बहस गर्न जरुर छ , शिक्षाको पहुँच सबैमा पुग्नु गुणस्तर हुन सक्ने तर्क एक थरिको विचार छ भने अन्यको तर्क समाजमा जन्मिएर उमेर पुगेका बालबालिकाहरु विदयालयमा भर्ना हुुनु नियमित अध्ययन गर्न पाउनु , तिनिहरुलाई बालमैत्री वातावरणमा अध्यापन गर्न पाउनु, सिमान्तकृत समुदायका बालाबलिकालाई विदयालयको पहुचँ पु¥याउनु शिक्षालाई समावेशी र बहुसाँस्कृतिक रुपमा विस्तार गर्नु गुणस्तर हो । बालबालिकालाई कच्चा पर्दाथको रुपमा कलकारखाना रुपि विद्यालयमा भित्रयाएर जीवन उपयोगि,व्यवहारीक बनाएर आवश्यकताको आधारमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा सजिलै बिक्न योग्य मानवमा रुपान्तरीत गर्न सक्ने शिक्षाको गुणस्तर हो । यी सबैको विकास गर्न शैक्षिक वातावरण सहित उत्तरदायीत्व बोधसहितको शिक्षक व्यवस्थापन र समुदायले विस्वास गरि पठाएका विद्यार्थीको संयोगलाई गुणस्तरी शिक्षा भनेर बुझन सकिन्छ , जुन अध्यनको केन्द्र विद्यालय हुन सक्छ । कक्षागत र विषयगत सिकाइ उपलब्धिहरु अधिकतम रुपमा प्राप्त गर्न सक्रिय विद्यार्थीहरु गुणस्तरीय शिक्षाका उदाहरण हुन सक्छन ।
हाम्रो देश नेपाल यस्तो देश हो जहाँ शिक्षामा लगानी दिन प्रतिदिन कम गर्ने तर्फ उन्मुख भैरहेको छ । भने विकसित देशहरुले कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशत र जम्मा बजेटको २० प्रतिशत सम्म लगानी शिक्षामा गरेर त्यसको प्रतिफल प्राप्त गरि आफुलाई समुन्नत र समृद्घ पारेको इतिहास साक्षि छ । कक्ष १ मा भर्ना भएका ८ प्रतिशत बालबालिकाले बीचैमा विद्यालय छाड्ने,२३ प्रतिशतले कक्षा दोहो¥याउने गरि ६९ प्रतिशतले मात्र प्राथमिक विद्यालयको चक्र पुरा गरेको तथ्याङ्घले बताउँछ ।
एति विषयहरु माथि समावेश गरिसकेपछि गुणस्तरीय शिक्षाको बाधक भन्ने विषयले उत्तर खोज्ने क्रममा बहसको माग गरेर अगाडी बढेको छु । के अस्थाइ शिक्षकहरु गुणस्तरीय शिक्षाका बाधक हुन ?अहिले शिक्षा ऐन नर्वौ पारित भैसकेको अवस्थामा अस्थाइ शिक्षकलाई शिक्षा ऐन आर्ठौ संशोधनले २०५५ सालदेखि कहिले कालो पट्टी ,कहिले मौन जुलुस, अनसन ¥याली आमारण अनसन हुर्दै सयौ दिन सम्म पेशागत सुरक्षा र पेशागत स्थायित्वको लागि आन्दोलनलाई विभिन्न समयमा भएका सम्झौताको कार्यन्वयनको लागि सम्वन्धित निकायमा पटक पटक पहल गर्दा पनि धोका खार्दै निरन्तर आन्दोलन गर्न वाध्य पार्ने सरकार अनि गुणस्तरीय शिक्षामा अस्थायीलाई स्थायी प्रक्रियामा लैजादा गुणस्तरीय शिक्षामा बाधक देख्ने अस्थायी शिक्षकको पाटो बाट हेर्दा राज्यले दर्शौ वर्ष सम्म शिक्षक विज्ञापन नखोल्ने,विश्वसनिय आयोग नबनाउने र सधै आफना आसेपासे राजनितिक पार्टी र नेताका नातेदार कार्यकर्ताहरुको भर्तिकेन्द्र जस्तो गरि कुनै अकुशं र पद्घतिभित्र नरहिकन पनि अस्थायी शिक्षकहरु भर्ना गर्ने प्रवृतिहरु मौलाउदै जानु पनि शिक्षा मन्त्रालय र शिक्षा विदहरुको कमजोरी हो ।
अबको शिक्षा युग अनुकुल शिक्षकले मात्र शिक्षकको हैसियत राख्छ । दिन काटनको लागि पर्खने प्रवृतिका शिक्षकहरुले विद्यालय छोड्नु आवश्यक देखिन्छ । बालबालिका माथि रत्तिभर पनि खेलवाड गर्न मिल्दैन महिना वर्ष पु¥याउने नाउँमा स्थायी अस्थायी जो सुकै शिक्षक अगाडी बढ्नु हुदैन । शिक्षण पेशा उर्जाशिल, विकासिल,मस्तिष्क लिएर आएका बालबालीकाको उज्वल भविष्य निमार्ण गर्ने सक्षम मानव बनाउने कालि गढ हुन जरुर छ । नकि जागिर खाने दिन काटाउने ठगमारा , र दिनमारा शिक्षक कदापि हुनु हुर्दैन । मेलापात जादा ठग्दा अल्छी मान्दा त्यो दिनको मात्र काम मर्छ भने एउटा शिक्षकले पढाइमा लापर्बाहि गर्दा उनिहरुको भविष्य नै अन्धकामा हुन्छ ।
यसकारण शैक्षिक गुणस्तर एउटा क्रियाशिल शिक्षकको कला हो । बालकको प्रतिभा हो राष्ट्रको लगानी हो यसमा कसैले कसैलाई आरोप प्रत्यारोप लगाए र पन्छिनु को साटो शिक्षकको नियमित पुनर्ताजगी नै शैक्षिक गुणस्तरको आधार हो त्यसैले आजै देखि सबैले आ आफनो कमजोरी स्विकारी शिक्षाको नयाँ युग शरु गरौ शैक्षिक गुणस्तर नै राष्ट्रको आधार हो ।

प्रतिक्रिया दिनुहोस