भाइ तुसार कपूरले जस्तै सरोगेसीमार्फत आमा बनिन् एकता कपूर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

भारतीय टेलिभिजन शो तथा फिल्म निर्मात्री एकता कपूर सरोगेसीका (अरुकै गर्भाशयमा शुक्राणु राखेर सन्तान जन्माउने प्रक्रिया ) माध्यमबाट आमा बनेकी छिन् ।

खबरहरुका अनुसार ४३ वर्षीया एकता कपूर यही जनवरी २७ मा सरोगेसीमार्फत छोराकी आमा बनेकी हुन् । एकता कपूरले अहिलेसम्म विवाह गरेकी छैनन् ।

एकता कपूरका भाइ तथा अभिनेता तुषार कपूर पनि ३९ वर्षको उमेरमा सन् २०१६ मा सरोगेसीबाटै एक छोराका बुवा बनिसकेका छन् । तुषार कपूरका छोराको नाम लक्ष्य राखिएको छ भने उनी साढे दुई वर्षका भए । तुषार कपूरले पनि अहिलेसम्म विवाह गरेका छैनन् । 

एकता कपूर बालाजी टेलिफिल्म्सकी जोइन्ट म्यानेजर हुन । एकताले निर्माण गरेका सासुबुहारी टेलिभिजन सिरियलका कारण निकै नै चर्चित निर्मात्रीको रुपमा परिचित छिन् । 

उनले निर्माण गरेका सिरियल ‘हम पाँच, ‘क्योंकी सास भि कभि बहु थी, कहानी घर–घर की, कसौटी जिन्दगीकी जस्ता सिरीयलबाट निकै नै चर्चा कमाएकी थिइन् । 
अहिले उनकै निर्माणमा ‘कुम कुम भाग्य, नागिन, कयामत कि रात जस्ता टेलिभिजन शोहरु चलिरहेका छन्। साथै एकता कपूरले गत वर्ष निर्माण गरेको फिल्म‘विरे दि वेडीङ’ले एक सय करोडको ब्यापार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस