समाजसेवामा सक्रिय भण्डारी क्यासरसंग लड्दै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

तुलसीपुर,१६ माघ/ दाङमा समाजसेवामा सक्रिय नाम हो , रामहर्स भण्डारी । तुलसीपुर उपमहानगरपालिका १० बनगैका ६० वर्षीय रोमहर्ष भण्डारी अरुकै सेवागर्दै गर्दा उनी अहिले आफै पीडित बनेका छन् ।

उनको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अबस्था आएको छ । लामो समय समाजका लागि त्याग र योग्दान गरेका भण्डारी पछिल्लो समय आर्थिक अभाबले उपचार नै प्रभाबित हुने अबस्था पुगेको छ । करिब चारमहिना भारतमा उपचार गर्नुपर्ने र उपचारका लागि मात्रै ४१ लाख लाग्ने उनले बताए । तर आर्थिक अबस्था कम्जोर हुँदा उनी अहिले जीवन मरणको दोसाँदमा छन् ।

अहिलेसम्म ६ लाख खर्च भईसकेको उनले बताए ।दाङ अर्बुद रोग निवारोण संघका अध्यक्ष समेत रहेका भण्डारीले धेरै अर्बुद रोगका विरामीहरुलाई रोग लाग्नबाट कसरी बच्ने, बेलाबेला अस्पताल जानुपर्ने जचाइ राख्नुपर्छ भनेर जागरण जगाउदै आएका थिए । विगत केही समय देखि बोनम्यारोको स्वास्थ समस्यामा परेका भण्डारी क्यान्सरको फस्ट स्टेज छ ।

काठमाडौको सिभिल अस्पतालमा र भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा गएर औषधी उपचार गराएर डाक्टरलाई देखाएपछि उनको बोनम्यारो फेर्नै पर्ने रिपोर्ट आएको हो ।

उनको बाँच्ने अभिलाषा पुरा गर्न सहयोगको अपेक्षा गर्नु परेको बताउदै ण्डारीले अहिले प्रतिमहिना नेपाली ३० हजार बराबर औषधी खाने गरेको बताए ।भण्डारीले २०७१ सालदेखि विरामी हाडको नशा च्यापिएर १ वर्षसम्म बेडमा नै रहनु परेको बताए । धेरै खर्च र दुख भोगिसकेको बताउदै ०७२ सालमा टिचिङमा ढाडको अप्रेसन गरेर ढाइसय ग्राम हड्डी निकाले फालेपछि हिड्न सुरु गरेका बताए ।

०७४ साल साउन २१ गते देखि उनमा बोनम्यारोको समस्या आयो । तत्काल निजामति कर्मचारी अस्पताल नयाँ वानेश्वरका डा. विशेष पौडेलसँग उनी उपचार गराउदै छन । उक्त अस्पतालबाट औषधी खाने व्यवस्था मिलाइदिएका छन ।

उनले आफुमा अझै पनि बाच्ने इच्छा भएको बताउदै भने ‘दुखी छु सबैमा अनुरोध नेपाल सरकार, वैदेशिक रोजगारमा जानुभएका र नेपालमा नै बस्नुहुने आम नेपाली दाजुभाई दिदिबहिनी मर्न चाहन्न ।’ सञ्चार माध्यमको सरण लिन आइपुगेको बताउदै उनले जीवन रक्षाको निम्ति सहयोगको व्यवस्था मिइदिन अनुरोध गरेका छन ।

उहिले उपचारका लागि दुईलाख रकम मात्र उठेको बताए । साथै उनले सहयोग गर्न चाहाने व्यक्तीका लागी एभरेष्ट बैक लि. तुलसीपुरको खाता नं ०३३००५०११२०९९९२,सिभिल बैकं तुलसीपुर शाखा न.०४४१०१६७८९१०१ , बैक अफ काठमाडौको खाता न. ०५१९००००२५०६५२४ र मोवाइल नं ९८४७८३१२३२ मा सम्पर्क गर्न आग्रह गरेका छन् । कार्यक्रममामावी सेन्टर तुलसीपुरका प्रध्यानाध्यापक भागवत पौडल लगाएत विद्यालय परिवारले भण्डारीको जिवन रक्षाका लागी ३५ हजार ७ सय ५० रुपैया सहयोग गरेका छन् ।

सो अवसरमा पुर्व सासंद बुद्धिराम भण्डारी,राप्ती अञ्चल वस व्यवसायी समितीका अध्यक्ष सुरेस हमाल,तुलसीपुर उद्योग वाणिज्य सघका पुर्व अध्यक्ष बिमल रिजाल लगाएतले समाज सेवी भण्डारीको जिवन रक्षाका लागी आफु सक्दो सहयोग गर्नै प्रतिबद्धता व्यक्त गरे । Tulsipuronline बाट साभार

प्रतिक्रिया दिनुहोस