पहिलोपटक निगमका १० जहाज एकैपटक ग्राउन्डेड

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट


माघ १६, काठमाडौँ । नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे ।

DIPESH SHRESTHA

निगमसँग आन्तरिक उडानका लागि साना÷मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ‘ग्राउन्डेड’ भएको सम्भवतः पहिलो पटक हो । ‘यत्रो संख्यामा विमान ग्राउन्डेड भएको यसअघि कहिल्यै सुनिएको थिएन’, निमगका एक पुराना प्राविधिकले भने ।

२२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा मात्रै गर्यो । निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौँ–दाङ–काठमाडौँ उडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस